×

नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ- महामन्त्री गगनकुमार थापा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई लिएर पाँचपटक प्रधानमन्त्री र सभापति भइसकेको हुँदा अब आश नगर्न र नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोडि  मार्ग प्रशस्त आग्रह गरेका छन्। मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सभापति देउवाले पाँच/पाँचपटक प्रधानमन्त्री र दुईपटक सभापति भइसकेको मान्छेले अब प्रधानमन्त्रीको आश नगर्न आग्रह गरेका हुन्।

उनले सभापति देउवाले नेतृत्व हस्तान्तरण गरेर पार्टीमा पुस्तान्तरण गर्नुपर्ने बताए। यहीँ गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी नगर्न उनले आग्रह गरे। 

‘उहाँ पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ। अब प्रधानमन्त्रीमा फेरि आश गर्नुहुँदैन। अरू जो सुकै बने पनि हुन्छ,’ उनले भने,‘मैले कुनै रिसइबी लिएर भनिरहेको छैन। पार्टी हितका लागि हो। नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ। यी कुरा लागु गर्न म लागिरहेको छु। अझै लाग्छु। परिवर्तन गर्न लागि रहेको छु, जोखिम उठाउने हो। फलका विषयमा चिन्ता गर्ने होइन। आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो।’ 

सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ थियो। 

‘मैले कुनै रिसइबी लिएर भनिरहेको छैन। पार्टी हितका लागि हो। नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ। यी कुरा लागु गर्न म लागिरहेको छु । अझै लाग्छु। परिवर्तन गर्न लागि रहेको छु, जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो,’ उनले भने।

नेता शेखर कोइरालासँगको सम्बन्धबारे कुनै शंका नगर्न पनि उनले आश्वस्त पारे। कोइराला त  देउवा खेवामा जानु भयो भन्ने हल्ला छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा महामन्त्री थापाले भने ‘१४ औ महाधिवेशनदेखिको सम्बन्ध अहिलेसम्म पनि प्रगाढ छ १५ औं महाधिवेशनसम्म पनि रहिरहनेछ ।’ 

मङ्गलबार ३० जेठ २०८० ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया