×

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार अगाडि

images

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २१ हजार ७४२ मत गन्दा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।


नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार २२७ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत ल्याउँदै पछ्याइरहेका छन् 

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७१ मत ल्याएका छन् ।

सोमबार १७ बैशाख २०८१ ०८:१७ AM मा प्रकाशित

प्रतिक्रिया