×

लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दतः हाना सिङ्गर

images

काठमाडौँ, १६ वैशाख : संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गरले नेपालमा दिगो, समावेशी र हरित अर्थतन्त्रको व्यावसायिक विकासलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा उहाँले अन्तरमन्त्रालयसँग समन्वय गरी देशमा दिगो लगानीको प्रवाह गर्ने बताउनुभयो ।

    “संयुक्त राष्ट्रसङ्घ नेपाल र नेपाली जनताका साथमा रहेको छ”, संयोजक हानाले भन्नुभयो, “सन् २०२६ मा नेपालले ‘एलडीसी ग्रेजुएसन’को तयारी गरिरहेको बेला हामीले लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरुसँग देशमा दिगो लगानी बढाउन मद्दत गर्नेछौँ ।”

    उहाँले दिगो विकासका लागि सन् २०३० ‘एजेन्डा’मार्फत सदस्य राष्ट्रहरूले प्रतिबद्धता जनाएका र यसले नेपालमा लगानीका अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    “देशको लगभग आधा भाग वनजङ्गलले ओगटेको, हिमालयन ग्लेशियरहरूले ताजा पानी प्रदान गर्नाका साथै नदीहरूको ‘डाउनस्ट्रिम’बाट अनुमानित ४० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता छ”, संयोजक हानाले भन्नुभयो । 

    यस्तो लगानीले कार्बन ‘अफसेट’ गर्न, दिगो ऊर्जामा सङ्क्रमणलाई गति दिन र हरित अर्थतन्त्रतर्फ डोर्याउन योगदान तथा विश्वव्यापी तापक्रमको वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न योगदान पु¥याउनुपर्नेमा उहाँको जोड छ ।

सोमबार १७ बैशाख २०८१ ०६:२२ AM मा प्रकाशित

प्रतिक्रिया