×

भट्टसँग सहकार्य गरेर चुनाव जित्ने दाउमा देउवा

images

डडेल्धुरा। सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिनु भएको छ ।

डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनेका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाएका छन् ।

प्रधानमन्त्री देउवाले मात्रै होइन, उनसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेएका नेपाली काँग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि २०७४ सालको निर्वाचनमा आफूसँग प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा झिनो मतले पराजित डा तारा जोशीसँग सहकार्य गरेका छन् ।

शनिबार संयुक्त पत्रकार सम्मेलनगर्दै नेपाली काँग्रेस (विपी) का तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार मल्ल र सत्तारुढ गठबन्धनबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा जोशीले चुनावी तालमेल गरेर प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई पराजित गर्ने उद्घोष गरेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा नेकपा (एमाले)सँगको गठबन्धन तोडेर भए पनि मल्लले आफ्ना निटतम प्रतिद्वन्द्वीसँग सहकार्य गर्नु संयोग मात्रै नभएको जिल्ला राजनीतिका जानकारहरु बताउछन् । नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले स्वतन्त्र उम्मेदवार डा जोशीलाई समर्थन गरेको छ भने डा जोशी लोकप्रिय नेताका रुपमा जिल्ला राजनीतिमा तीनदशकदेखि क्रियासिल छन् ।

नेकपा (एमाले)ले नेपाली काँग्रेस (विपी) का उम्मेदवार मल्ललाई समर्थन गर्दै चक्रप्रसाद स्नेहीले दर्ता गराएको उम्मेदवारी फिर्ता लिएको थियो । एकीकृत समाजवादीका नेता डा जोशीलाई समर्थन गरेको भन्दै एमाले डडेल्धुराले प्रतिनिधी सभा सदस्य पदमा मल्ललाई सघाउन नसकिने जनाएको छ । नेपाल समाचारत्रप दैनिकबाट

आइतबार​ ३० असोज २०७९ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया