×

इलाम २ को उपनिर्वाचनमा रास्वपाका मिलन लिम्बुको जमानत जफत

images

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बूले ५ हजार ५० भोट मात्र ल्याए ।

यहाँ नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । 

मङ्गलबार १८ बैशाख २०८१ ०६:५२ AM मा प्रकाशित

प्रतिक्रिया