×

सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौंमा प्रशिक्षण दिने

images

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौंमा प्रशिक्षण दिंदै छन् । काठमाडौंको काडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे प्रशिक्षण कार्यक्रम राखिएको माओवादी केन्द्रका काठमाडौं जिल्ला इञ्चार्ज कुमार पौडेलले जानकारी दिए ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ।

आइतबार​ ३० असोज २०७९ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया