×

 नेपाल टेलिकमले सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने टेलिफोन (PSTN) सेवालाई फाईबर प्रविधिमा रुपान्तरण

images

काठमाडौं। नेपाल टेलिकमले सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (PSTN) सेवालाई फाईबर टू दी होम (FTTH) प्रविधिमा स्तरोन्नती गरेको छ ।

 सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको FTTH  नेटवर्कमा Migration कार्य सम्पन्न गरी कपर नेटवर्कबाट टू दी होम (FTTH) प्रविधिमा स्तरोन्नती गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण हुँदा ग्राहकले स्तरिय सेवा प्रदान गर्न पाउदा खुशी लागेको कुर ब्यक्त गरे। 

बिहीबार २२ चैत २०८० ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया