×

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पिक छनोट हुँदै

images

काठमाडौँ, २३ वैशाखः आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिनुभयो । 

छनोटमा दक्षिण एसियाली राष्ट्र भारत भने विश्व वरियाताको शीष आठभित्र रहँदै यसअघि नै छनोट भइसकेको छ । प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष  र दुई महिला खेलाडीको सभागिता रहनेछ । यसमध्ये समान एक पुरुष र एक महिला खेलाडी फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलका लागि छनोट हुनेछन् ।

    लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त छनोट खेलमा नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले सहभागिता जनाउनेछन् । 

आइतबार​ २३ बैशाख २०८१ ०९:४३ PM मा प्रकाशित

प्रतिक्रिया