×

जसपा विभाजनको सङ्घारमा

images

काठमाडौँ, २३ वैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनका सङ्घारमा पुगेको छ । सो पार्टीका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन् ।

जसपाका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको जसपाका सांसद सुशीला श्रेष्ठले जानकारी दिनुभयो । अन्य नेता र सांसदहरु पनि आफ्नो समूहमा आउने उहाँको विश्वास छ । “अहिले हामी सांसदहरु सातजना छौँ, अरू पनि थुप्रै आउनुहुन्छ । उहाँहरु सम्पर्कमै हुनुहुन्छ”, सांसद श्रेष्ठले भन्नुभयो ।

सांसद श्रेष्ठले आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरेको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो ।     
    
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जसपाका सांसदहरुले निवेदन दर्ता गराएको पुष्टि गर्नुभयो । सङ्घीय संसद्मा जसपाको १२ सांसद हुनुहुन्छ । उहाँहरुमध्ये सात सांसद निर्वाचन आयोग जानुभएको हो ।

निर्वाचन आयोग पुग्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहनुभएको छ । 

 त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले साथ दिएका राई समूहले जनाएको छ ।

आइतबार​ २३ बैशाख २०८१ ०८:४२ PM मा प्रकाशित

प्रतिक्रिया