×

कवि छविरमण सिलवालको ‘ डोरम्याट "कविता सङ्ग्र’ फरक ढंगबाट सार्बजनिक

images

काठमाडौं । समकालिन नेपाली कवितामा चिनिएका कवि छविरमण सिलवालको  कवितासङ्ग्रह ‘डोरम्याट ’फरक ढंगबाट आज सार्बजनिक  भएको छ। कार्यक्रम  भने पट्ट्यार नलाग्ने गरी  सलल अगाडि बढ्यो ,  कवि छविरमण सिलवालका  ३० को दशकदेखिकै कबिता यात्राका  सहयात्रीहरुले   डोरम्याटका रचना वाचन गरेका थिए। 

नाटक हलमा  श्रोताहरुको उल्लेखिय  सहभागीता  थियो भने करिब डेढ घण्टा सम्म  चलेको  कार्यक्रममा   कविता वाचनपछि प्रा. डा. लक्ष्मण प्रसाद गौतम, कवि दिनेश अधिकारी, भुँडी पुराणका केशव पराजुलीले मन्तव्य प्रकट गरेका थिए ।प्रकाशक भुँडी पुराणका केशव पराजुलीले  नेपाली साहित्य कृतिहरु विश्व बजारमा पुर्याउनको लागि समस्याहरु रहेको तर्फ इंकित गर्दै  समस्या समाधानका लागि  सम्बन्धित निकायलाई ध्यानआकर्षण गराउनु भयो। 

 डोरम्याट’ भित्र विविध सन्दर्भका कविताहरु छन् । सार्वभौम मानवीय जीवनलाई अभिव्यक्त गर्ने वैयक्तिक जीवनका विशेष सन्दर्भदेखि  बेमेल र विभेदपूर्ण समाजको चित्र तथा राजनीतिक वृत्तभित्रका विकृितका साथै  सिलवालले  भोगेको समाज र समयको यथार्थलाई कवितामार्फत् प्रस्तुत गर्न खोजेको पाईन्छ  । विद्यमान समाजमा रहेका कतिपय मान्छेका भोगाइहरु साझा हुनसक्छन्, अनुभवहरु पनि साझा हुन सक्छन् । तर त्यसलाई अभिव्यक्त गर्ने शैली भने फरक फरक हुन्छ जुन यो कृतिमा पाईन्छ । 

 कवि पत्रकार मघु पाठकद्वारा शुरूमा सञ्चालन गरिएको भए तापनि , त्यसपश्चात् सम्पूर्ण कार्यक्रम कवि सिलवालकै सञ्चालनमा सम्पन्न भयो।कार्यक्रमका अन्तमा  सभापति श्रीओम श्रेस्ट रोदनले सकृय लेखनको लागि उत्साह थप्दै, आफ्नो विचार सहित आजको कार्यक्रम फरक ढंगमा आएको बताउनु भयो । 
सार्बजनिकरन  कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शुक्रबार​ १६ चैत २०८० ०६:४१ PM मा प्रकाशित

प्रतिक्रिया