×

नेता सुनकलाई प्रधानमन्त्री देउवाले दिए बधाई

images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुन्। उनीहरु पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन ।

मङ्गलबार ८ कात्तिक २०७९ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया