×

बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्ने

images

हेटौंडा । बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने भएको छ ।२४ वैशाखपछि प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्नेछ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो ।आजको बैठकले २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

काठमाडौंको वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने भएकाले २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।

बुधबार १२ बैशाख २०८१ ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया