×

बढ्यो डलर भाउ, दुई महिनायताकै उच्च

images

काठमाडौँ — अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुने क्रम फेरि सुरु भएको छ । सोही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ २८ पैसा पुगेको छ । यो करिब दुई महिना यताकै उच्च हो । यसअघि गत पुस ७ मा एक अमेरिकी डलरको विनिमयदर १ सय २१ रुपैयाँ २७ पैसा थियो । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ पुनस् अवमूल्यन हुँदै गएको छ ।


मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२१।२८ रुपैयाँ ९विक्रीदर० तोकेको छ । २०७७ वैशाख १० मा डलरको भाउ सबैभन्दा उच्च १२३।२४ रुपैयाँसम्म पुगेको थियो । करिब ३ महिना अघिसम्म डलर उकालो लाग्ने दरमा केही कमी आएको थियो । पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब १९ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो ।

भारतीय मुद्रा कमजोर भएकाले नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । मंगलबार भारुसँग एक अमेरिकी डलरको विनिमय दर ७५ रुपैयाँ ६५ पैसा छ ।चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हेर्दा नेपालको कुल वैदेशिक व्यापारको करिब ६३ प्रतिशत हिस्सा भारत केन्द्रित छ । विगतका वर्षमा कुल व्यापारमा यस्तो हिस्सा ६५ प्रतिशतसम्म पनि पुगेको थियो ।

मङ्गलबार ३ फागुन २०७८ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया