×

भृकुटीमण्डपमा ‘२५ औं फ्लोरा एक्स्पोमा फुलको मूल्य ५० रुपिंया देखि १५ हजारसम्म

images

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा  आज देखि  २५ औँ फ्लोरा एक्स्पो  सुरु भएको छ ।पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला प्रदर्शनी आयोजना गर्दै आइरहेको छ।

‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नारासहित गर्न लागेको एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहने छन्। 

एक्स्पोमा मौसमी फूल, आलकारिक बोट-बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण रहेका  छन्।पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर-आँगन तथा बगैँचा सजाउन चाहने, फूल-बिरुवा प्रति अभिरूची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरू सबैको निम्ति २५ औ  फ्लोरा एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको विश्वास गरेका छन् । 
 

 

बिहीबार १ चैत २०८० ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया