×
images

स्नेहाज केयरको आयोजनमा रहेको भिगन खाना महोत्सवमा उपप्रधानमन्त्रीको सहभागिता

काठमाडौं, अन्य वर्षहरूझैं यो वर्ष पनि काठमाडौंमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना महोत्सव सम्पन्न भयो । पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं २०७२ (सन्२०१५) मा  ललितपुर महानगरपालिका मा स्थापित स्नेहाज केयरले यो कार्यक्रम संचालन गर्दै आएको हो   ।यस कार्यकर्ममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख अतिथिको रुपमा सहभागिता रहेको थियो। 

 

त्यस्तै गरि मन्त्री श्रेष्ठले  समाजमा  भेगन अभियानले मानिसलाई स्वस्थ तथा मानसिक चिन्तनमा  स्वस्थता जागृत ग्रन् सघाउ पुराउन मदत गर्दछ भने  यस अभियानले अहिले भैरहको Global Warming को समेत् समस्याहरुमा कमि ल्याउन थप सहयोग हुने बताएका छन् । मान्छेको जीवनलाई कसरी खुसि बनाउने मानव समाज तथा पृथ्वीको कसरी  रक्षा गर्ने भन्ने कुरा भेगन अभियानमा जोडिएको छ भन्दै नारायणकाजी श्रेष्ठले बहु आन्दोलनको रुपमा यस  भेगन महोसवलाइ लिएका छन्। 

 सो कार्यक्रम  बौद्धअवस्थित उत्पला क्याफे (Utpala Cafe) को प्रांगणमा Vegan food Festival आयोजना  भैरहेको छ उक्त कार्यक्रमका निम्ति ग्रासरूट मुभमेन्ट इन नेपाल (GRASSROOT MOVEMENT IN NEPAL) र नेपाल होमस्टे टुरिजम् सर्भिसेजसँग सहकार्य गरिएको छ भने वृत्तचित्र स्क्रीनिङको प्रायोजकको भूमिका भिगन ट्राभल एसिया (Vegan Travel Asia) र भेज भोयजेज फाउन्डेसन (Veg Voyages Foundation) ले निर्वाह गरेका छ । अन्य कार्यक्रमका निम्ती थ्राइभ फिलान्थ्रोपी (Thrive Philanthropy)ले आर्थिक सहयोग प्रदान गरेको उत्पलाला क्याफेका दिपक बोहराले बताउनु भएका छन्। ।

 

शनिबार १९ फागुन २०८० ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया