×

कांग्रेसलाई संसदको ठूलो दल बनाएकोमा धन्यवाद- प्रधानमन्त्री शेरबहादुर देउवा

images

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।

मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि आज बिहानै ट्वीट गर्दै देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्। 

'प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,' ट्वीटरमा लेखेका छन् ।​ कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । बागमती, गडण्की, कर्णाली र सुदूरपश्मि गरी ४ प्रदेशमा पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

कांग्रेसले मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा ५ दलसँग चुनावी गठबन्धन गरेको थियो। प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये कांग्रेसले ९१ क्षेत्रमा उम्मेदवारी दिएको थियो। तीमध्ये ५७ जनाले चुनाव जिते भने कांग्रेसका ३४ उम्मेदवार पराजित भएका थिए।

शुक्रबार​ २३ मंसिर २०७९ ०८:२४ AM मा प्रकाशित

प्रतिक्रिया