×

चुनावअघिको गठबन्धन जोगाउन नसकेकोमा जनतासंग माफि माग्नु पर्छ- गगन थापा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअघि तालमेल गरेर गएर त्यसलाई जोगाउने संस्कार नेपाली राजनीतिमा नदेखिएको बताएका छन् । 

काठमाडौंमा आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले चुनावअघिको गठबन्धन जोगाउन नसकेको विषयमा अहिले आफ्नो पार्टीमा आरोपप्रत्यारोप चलिरहेको समेत खुलासा गरे । 

‘निर्वाचनअघि तालमेल गरेर त्यसलाई जोगाउने संस्कार हामीकहाँ छैन । त्यो अभ्यास र अनुभव हामीकहाँ छैन । कुनै आग्रह र पूर्वाग्रहको कुरा होइन हामीकहाँ त्यो संस्कार छैन । प्रधानमन्त्री को हुने त हाम्रो कुरा हो ।

तर, लाखौं जनतालाई गठबन्धनको भारी बोकाएर अहिले जोगाउन नसकेपछि हामीले आत्मालोचना गरेर जनतासँग क्षमा माग्नुपर्छ । हामीले हाम्रो निर्णय गलत थियो भन्नुप¥यो ।’

उनले चुनावमा गठबन्धन गरेर जनताको मत हाल्ने अधिकारलाई समेत सीमित गरेको भन्दै गठबन्धन टुटेपछि उठेको प्रश्नको उत्तर दिन नसके जनतासंग माफि माग्नु पर्ने बताए । हिजोको राष्ट्रपतिका कारण अब फेरि एमाले उम्मेदवारलाई नै राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनको भनाई छ ।  

बुधबार २५ माघ २०७९ ०२:३८ PM मा प्रकाशित

प्रतिक्रिया