×

एक हजार दरका नक्कली रुपैयाँसहित दुई जना पक्राउ

images

जनकपुरधाम । सिरहाको लहानबाट सशस्त्र प्रहरीको इन्टिलिजेन्स ब्युरोले नक्कली लाखौं रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका १९ का ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका १० का २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् । सिरहाको लाहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रूपैयाँ सक्कली नगद समेत बरामद गरेको छ। पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले ईलाका प्रहरी कार्यालय लहानको जिम्मा लगाएको छ ।

आइतबार​ २२ माघ २०७९ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया