×

देशमा बाघको संख्या बढाउनु  मात्र संरक्षण कार्य सफल भएको मापन होइन: पशु अधिकारकर्मी

images

काठमाडौं। पर्सा राष्ट्रिय निकुन्जभित्र अस्वभाबिक रुपमा ३ वटा बाघको मृत्‍युलाई लिएर आज नागरिक समाज तथा पशुअधिकारकर्मीहरुले विश्व बन्यजन्तु कोशको कार्यालय परिसरमा  बिरोध प्रदशन गरेका छन । उनी  हरुले आज देशमा बाघको संख्या बढाउनु  मात्र संरक्षण कार्य सफल भएको मापन होइन भन्दै ,  बन्य जन्तुको उचित बासस्थानको ब्यबस्थापन गर्नु पर्ने भन्दै कडा रुपमा ध्यानाकर्षण गराएका हुन। 

यस्तो सम्बेदनशील बिषय लाई लिएर  विश्व बन्यजन्तु कोशको ध्यान नजानु आपतिजनक रहेको  प्रदशन कर्मीहरुले बताए। देशभरका बिभिन्न उद्धारकेन्द्रमा साघुरो खोरभित्र राखिएको  संरक्षित   बन्यजन्तुको स्थिती पहिचान गरी सिघ्र उचित ब्यबस्थापनको पनि माग गरेका छन। 

मनोरन्जनका साधन  तथा पर्यटकका लागि मात्र लिएर बाघ जस्तो संरक्षित  बन्यजन्तु लाई उस्को आफ्नो बासस्थान  बाट हटाएर ,साघुरो खोरमा राखेर मात्र संरक्षण कार्य पुरा नहुने कुरा अधिकारकर्मी तथा स्नेहा केयरकी प्रमुख श्नेहा श्रेष्ठले ई संचार पाटी लाई बताईन  ।  

 

मङ्गलबार २० चैत २०८० ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया