×

युवाकवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल स्रष्टा सम्मान’

images

काठमाडौं । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन नेपाल स्रष्टा समाजले युवाकवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल स्रष्टा सम्मान’ प्रदान गरेको छ । शनिबार शंखमूलमा आयोजित कार्यक्रममा कवि मञ्जुलले सो सम्मान प्रदान गरे ।

साहित्यकार चेतनाथ कणेल ‘हरित’ र सीता कणेलले दिवंगत छोराको स्मृतिमा स्थापना गरेको उक्त सम्मानका साथ नगद ११ हजार १११ रुपैयाँ प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा कविहरू विधान आचार्य, गोकुल अधिकारी, राधिका गुरागाईं, प्रा. डा. गोविन्दमानसिंह कार्की, महेश पौडेल, अनुपम रोशी, सुषमा अँशु र देवु लुइँटेलले कवितावाचन गरेका थिए ।

आइतबार​ १५ पुस २०८० ०५:३४ PM मा प्रकाशित

प्रतिक्रिया