×
images

राप्रपाको केन्द्रीय कार्यालय भत्काउन चलाएको डोजर कार्यकर्ताद्वारा अवरोध, सिडिओ र महानगरबीच छलफल जारी


काठमाडौं । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा डोजर चलाउने वा नचलाउनेबारे प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकाबीच छलफल जारी छ । 
राप्रपाको पार्टी कार्यालयको भवन नक्सा पास नगरी निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले तीन दिनभित्रै तुरुन्त हटाउन अल्टिमेटम दिएको थियो । 

तर, उसले आजसम्म कुनै प्रतिक्रिया नदिएको भन्दै महानगरले डोजर चलाएर भत्काउने निर्णय गरेको छ । त्यसपछि डोजर चलाउन अवरोध भएसँगै महानगरका पदाधिकारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँग छलफल गरिरहेका छन् । 

छलफलमा काठमाडौंका एसएसपी दानबहादुर कार्की, महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र विद्युत् प्राधिकरणका प्रतिनिधि सहभागी भएका छन् ।

राप्रपाको कार्यालय भवन विद्युत् प्राधिकरणको हाईटेन्सन लाइनको तलपट्टी छ । 
 

सोमबार १५ साउन २०८० ०४:३३ PM मा प्रकाशित

प्रतिक्रिया