×

४९औँ वार्षिक सभाले नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

images

काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन्। संघको शनिबार आयोजित ४९औँ वार्षिक सभा तथा कार्यसमितिको चुनावबाट उनी अध्यक्ष चुनिएका हुन्। महर्जनले १०६ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्याशी कुवेर शर्माले ४६ मत पाएका थिए।

चलचित्र निर्माता तथा वितरक समेत रहेका महर्जन यसअघि संघको महासचिव थिए। त्यसैगरी, सदस्यमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, देबेन्द्र खड्गी, गोबिन्द्र शाही, छविराज ओझा, कपिलप्रसाद द्वा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित भएका छन्।

आइतबार​ १८ चैत २०८० ०२:५६ PM मा प्रकाशित

प्रतिक्रिया