×

स्रष्टासमाजले साताव्यापि आजको कार्यक्रममा ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ समर्पण गरिने

images

,
काठमाडौं।  नेपाल स्रष्टा समाजले १७औँ स्थापना दिवसको थालनी पर्या कविता गोष्ठीबाट गरेको छ ।शुक्रबार पाटन सङ्ग्रहालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्रमुख

अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले ‘स्रष्टा दर्पण’को ३०औँ अंक सार्वजनिक गर्दै पर्यासाहित्यमा कलम चलाउनेहरू बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले पर्या कवि गोष्ठी

गरेकोमा समाजको प्रसंशा गरे । समाजका उपाध्यक्ष चेतनाथ कणेल हरितबाट  संस्थाको गतिविधि बारे जानकारी गराउँदै उपस्थित सबैको स्वागत गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरू चेतनाथ कणेल, पवन आलोक, श्रीओम रोदन र पाटन सङ्ग्रहालयकी प्रमुख मञ्जु भण्डारीले आफ्नो धारणा राखे । 

नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदन सभापति रहेको कार्यक्रम सञ्चालन महासचिव देविका तिमल्सिनाले गरेका थिए ।त्यस अन्तर्गत दोश्रो दिन प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान प्रदान,गर्ने कार्यक्रम रहेको स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदन बताउनु भयो । 

शनिबार १४ पुस २०८० १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया