×

एक लाखको "भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता"को समय थप 

images

हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको "भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता" गर्ने जनाएको छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएकोमा आगामी २०८० मङ्सिर १५ सम्म थप समय तोकिएको छ ।

  सो कुरा नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नु भएको पत्रमा उल्लेख गर्नु भएको छ । 

अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको ब्यवस्था गर्नु भएको हो । यसअगि पनि एक लाख रकमको "भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता" घोषणा भइसकेको छ । 

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदान तथा अमेरिकामा गरीब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

शनिबार १३ असोज २०८० ०७:२२ AM मा प्रकाशित

प्रतिक्रिया