×

गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको छानविन हुन्छ - प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सरकारले गौर हत्याकाण्ड र राजदरबार हत्या काण्ड लगायतको अनुसन्धान अगागि बढाउने बताएका छन् । नेकपा (माओवादी केन्द्र) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै अब इतिहासका ठूला–ठूला काण्डको फाइल खुलाउने बताएका हुन् ।

‘ठूल्ठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डको खोजीनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे त्यो दरबार हत्याकाण्ड होस् । त्यसको छिनोफानो भएको छैन ।’ उनले भने, ‘नेपाली जनताको मनमा शंकाहरु छन् । के भएको हो भन्ने सत्य तथ्य आएको छैन । यी सबै कुराहरु क्रमशः लगेर जनतामा हामीले विश्वास जगाउनु छ ।’

प्रधानमन्त्री प्रचण्डले २०४६ सालको जनआन्दोलन पछिका उच्चपदस्थ अधिकारीहरुको सम्पत्ति छानविन प्रक्रियालाई अगाडि बढाउनेसमेत बताए । अहिले आफूहरुले जे चाह्यो त्या पटाफट गर्नसक्ने अवस्था नभएपनि त्यसको प्रयास भइरहेको र जनताको मन जित्नेगरी काम भइरहेको उनले बताए । एक्सनबाट नै परिवर्तन हुन्छ भन्ने आफूहरुको बुझाई रहेको उनले बताए । उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताए। 

मङ्गलबार १६ जेठ २०८० ०२:१५ PM मा प्रकाशित

प्रतिक्रिया