×

बालुवाटारमा प्रचण्ड-ओलीबीच भेटवार्ता

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । रिक्त गृहमन्त्रालय, राष्ट्रपति-उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ ।

रास्वपाले गृहमन्त्रालयको दाबी आफूले नछाड्ने बताइरहेको छ भने । गृह रास्वपालाई दिन गठबन्धनमा सहमति भने भइसकेको छैन । गठबन्धनको प्रमुख घटक माओवादी गृह रास्वपालाई दिन नहुने पक्षमा उभिएको छ । नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका सभापति लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दियो ।
 

आइतबार​ १५ माघ २०७९ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया