×

काभा महिला भलिबल च्यालेन्ज कप- उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

images

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

नेपालले उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा अघिल्ला दुई संस्करणको विजेता नेपाल यस पटक उज्वेकिस्तानलाई हराउँदै तेस्रो हुन सफल भएको हो।

पहिलो सेट २०-२५ ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।  दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो। चौथो तथा अन्तिम सेटमा २५–१३ को सहज जित निकाल्दै नेपाल च्यालेन्ज कपमा तेस्रो भएको हो। पराजित उज्वेकिस्तान चौथो भयो। 


 

आइतबार​ १४ जेठ २०८० ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया