×

प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १७ देखि जेठ २० गतेसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमण कार्यतालिका सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हुनेछ ।

चार दिने भ्रमणमा जान लागेका दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मानमा दिवाभोजको आयोजना गर्ने भारतीय पक्षले जनाएको छ । प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने जनाईएको छ ।

भ्रमणको दौरान प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने जनाईएको छ । दुवै पक्षले यो भ्रमणलाई द्धिपक्षीय सहकार्यलाई उचाईमा पुर्याउने विश्वास लिएका छन् ।

 

 

शनिबार १३ जेठ २०८० ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया