×

प्रधानमन्त्रीद्वारा रवि लामिछानेलाई जवाफ, आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिनुहोस

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई जवाफ फर्काएका छन्।

शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि रास्वपाका सभापति रवि लामिछानेले गरेको प्रश्नको जवाफ फर्काएका छन्।

लामिछानेले जेठ १० गतेको संसद् बैठक बोल्दै प्रधानमन्त्री प्रचण्डको मुटु हल्लिएको हो कि होइन भन्दै मुटु जाँच गराउन भनेका थिए।

लामिछानेको जवाफ फर्काउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘एकजना माननीयले प्रधानमन्त्रीको मुटु हल्लिएको भन्नुभयो। विल्कुल आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिन आग्रह गर्दछु।’

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री प्रचण्डले आफ्नो अन्तिम पटक हो भन्ने टिप्पणीलाई लिएर धन्यवाद दिएका थिए। झाले उक्त भनाइ प्रति कृतज्ञता व्यक्त गर्दै नयाँ पुस्ता तयार भइसकेको बताएका थिए। 

त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले नयाँ पनि पुराना हुने भन्दै नबिर्सनका लागि अनुरोध गरेका हुन्। 

‘मलाई एक जना माननीयले धन्यवाद भन्नुभयो। किनभन्दाखेरि मैले सायद मेरो अन्तिम हुन्छ भनेर भनेको थिएँ। त्यसो भन्दा उहाँले इमानदारीपूर्वक भनेको भनेर धन्यवाद भन्नुभयो। हामी नयाँ तयार भइसक्याछौं भन्नुभएको छ,’ उनले भने, ‘नयाँ तयार भएकोमा बधाई छ।

तपाईंहरू आउनुहोस् अगाडि, मैले त नयाँलाई ल्याउनै चाहेको छु। तर नयाँ साथीहरूलाई पनि धर्यधारण गर्दै नयाँ पनि पुराना भइन्छ भन्ने नबिर्सिन पनि अनुरोध गर्न चाहन्छु।

 

शनिबार १३ जेठ २०८० ०९:२३ PM मा प्रकाशित

प्रतिक्रिया