×

काँग्रेस केन्द्रीय कमिटि भोली बस्दै 

images


काठमाडौं । सरकार जान तयारीमा रहेको नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली(मंगलवार) बोलाएको छ । 

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा सरकारमा सहभागि हुने बिषयमा टुंगो लाग्नेछ । काँग्रेसले सरकारमा सहभागि हुन अर्थसहित ८ मन्त्रालय मागिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात मन्त्रालय दिने पक्षमा छन् ।

काँग्रेसका अनुसार सरकारमा सहभागि हुने मन्त्रीको बिषयमा पनि टुंगो लाग्नेछ । काँगेस उपाध्यक्ष पुर्णबहादुर खड्का वा पार्टी प्रवक्ता प्रकाशशरण महत मध्ये एकको नेतृत्वमा सरकारमा सहभागि हुने तयारीमा छ । 
 

सोमबार १३ चैत २०७९ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया