×

सातै प्रदेशमा पत्रकारहरुको लागि नि-- शुल्क आँखा शिविर सञ्चालन

images


काठमाडौं । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको लागि सातै प्रदेशमा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।

सोमवार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा नेत्रज्योती संघ, पत्रकार महासंघ केन्द्रीय समितिको सहकार्यमा र उपत्यका प्रदेश समितिको समन्वयमा पत्रकारहरुको लागि निशुल्क आँखा शिविर सञ्चालन भएको हो ।

शिविर पश्चात पत्रकारहरुसँग बोल्दै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष सृजन झाले  पछिल्लो समय पत्रकारहरूको आँखामा दृष्टि दोष देखिएकोले  कलम जति बलियो छ पत्रकारको आँखा पनि बलियो हुनुपर्छ भन्ने मान्यतासहित आँखा शिविर सञ्चालन गरेको बताएका छन् ।
उनले भने, ‘यस पटक सातै प्रदेशमा आँखा शिविर सञ्चालन भइरहेका छन् । कुनै ठाउँमा भोली छ, कुनै ठाउँमा पर्सि छ । नेपाल सरकारले दुर्घटना विमा ल्याउँदै गर्दा स्वास्थ विमा हुनुपर्छ भनेर जोड दिइरहेका छौ ।’

आँखा गुम्यो भने संसार गुम्ने भन्दै पत्रकारका कलम सशक्त भए झैँ आँखा पनि सक्षम हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोकाले पत्रकारहरुले कम्युटरमा धेरै काम गर्नुपर्ने भएकोले आँखा चेकजाँचमा सहयोग पु¥याउने उद्देश्यले निशुल्क शिविर सञ्चालन गरेको बताएका छन् ।

उनले भने, ‘यो भन्दा अघिल्लो पटक विश्व स्वतन्त्रता दिवसको अवसरमा दाँत र किड्नीको उपचार गरिएको  थियो । पत्रकारहरुलाई सहयोग होस भनेर हामीले यस्ता कार्यक्रम ल्याउने गरेका छौ । यस्ता कार्यक्रमले पत्रकारहरु बिच आत्मियता बढाउन सहयोग पुराउँछ । पेसा प्रतिको मर्यादामा सहयोग पुराउँछ  ।’
पत्रकार महासंघले श्रम जीविका र प्रेस स्वतन्त्रताका पक्षमा आवाज उठाइरहँदा पत्रकारहरूका लागि सहयोग होस भनेर शिविर सञ्चालन गरेको बताए ।
उनले शिविरमा १२० जना भन्दा बढि पत्रकारहरुले यसबाट लाभान्वित भएको र २ सय जना पत्रकार अपेक्षा गरिएको बताएका छन् । शिविरमा चस्मा र आई ड्रप वितरण पनि गरिएको थियो ।


 

सोमबार १३ चैत २०७९ ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया