×

यही चैत्र १७ गतेदेखि २४ औँ पुष्प प्रदर्शनी हुने 

images


काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २४ औँ फ्लोरा एक्स्पो यही चैत १७ गतेदेखि काठमाडौँमा हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपालले यही चैत्र १७ देखि २० गतेसम्म ४ दिने २४ औँ फ्लोरा एक्स्पो भृकुटीमण्डप प्रदर्शनी हल काठमाण्डौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो । 
“स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’’ भन्ने नारा सहित हुन लागेको मेला पुष्प विकास केन्द्रको सह–आयोजनामा हुन लागेको एसोसिएसनले जनाएको छ । 

पत्रकार सम्मेलनमा पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा थप महत्त्वपूर्ण योगदान पुग्ने उद्देश्यले २४ औ फ्लोरा एक्स्पोको आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले बताए । 

उनले भने ‘पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्रन थप महत्त्वपूर्ण योगदान पुग्ने उद्देश्यले फ्लोरा एक्स्पोको आयोजना गरेका छौं । पुष्प पारखीलाई निमन्त्रणा दिन्छौँ । प्रदर्शनीमा नयाँ प्रजातिको बिरुवाहरू  विक्री वितरण हुन्छ । ’
फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६२ वटा ल्याण्डस्केपिस्टल १ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा र २ वटा फुड स्टल सहित जम्मा ८० वटा स्टल रहनेछ । 
 

सोमबार १३ चैत २०७९ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया