×

डिसेम्वर २१ लाई उत्तरायणको शुरु मान्दाको परिणाम

images

पर्व सुधारको निहु झिकेर केहीवर्ष अघिदेखि एक समूहले अनेकौं बितण्डाका कुराहरु ल्याइरहेको देख्दै सुन्दै आइरहेकै छ । त्यस्ता बितण्डाहरु जस्तोसुकै ल्याइए तापनि आखिरमा प्रकृतिको बिरुद्ध जाने तागत कसैको छैन । एक त डिसेम्वर २१ देखि उत्तरायण शुरु हुने न होइन । त्यसरी गलत कुरा समाते पछि स्वभावतः २३।२४ दिन फरक पर्ने नै भयो नि । त्यही भएर पर्वसुधार भनेर एक महिना घटाएर क्यालेण्डर बनाउने प्रस्ताव ल्याइएको थियो त्यो गर्भमा छँदै तुहिनुको कारण पनि प्रकृति ऋतु मौसम संस्कृति संस्कारकोसमेत खिलाफ हुनजाने भएर नैहो। यो घटना कहिल्यै नबिर्सौं ।

अहिलेदेखिन आएको बितण्डा भनेको लठ्ठी गाडेर घामको छाया नाप्ने कुरा ल्याई बडो चमत्कार देखाउंदै आएको छ । त्यसरी लट्ठी गाड्दैमा उत्तरायण दक्षिणायन पत्तालाग्ने कुरो होइन तैपनि कोहीकोही लहलहैमा लाग्नेहरुकोलागि चाहीं त्योकुरा बडो चमत्कार नै हो जस्तो लागिरहेको होला भन्न सकिन्छ ।


यो बितण्डा मात्र हो चमत्कार होइन
ऐना हुंदा हुंदै इनार खोजेर अनुहार हेर्न जानु पर्दैन यो सवैले बुझेको कुरा हो । परापूर्व कालमा जंगली युगमा छँदा मान्छेहरुले दुइटा ढुंगा ठोक्यो भने आगोको झिल्का निस्कन्छ भनी थाहा पाए तव त्यसैबाट आगो आविष्कार भएको हो। अहिले पनि दुइटा ढुंगा ठोक्यो भने आगो निस्कन्छ तर अहिले सलाई लाइटरको प्रयोग आइसकेकोले गर्दा फेरि पुरानैयुगमा जस्तो ढुंगा ठोकेर आगो निस्कन्छ हेर भनी रहनु जरुरी छैन । अहिले आएर सूर्य उत्तरायण र सूर्य दक्षिणायन थाहा पाउन लट्ठी गाडेर घामको छाया नाप्ने कुरा ल्याएको देखिरहेको छ र बाटोमा भीडभाड जम्मा पारेर ताली बजाएर टुंगोमा पुगुंला भनेर अभिलाषा राख्नु निरर्थक हो।

अहिलेको युग विज्ञानको युग हो । बाटोमा हिड्ने भीडभाडले हो हो भनेर थपडि बजाउंदैमा सूर्य उत्तरायण र दक्षिणायनको रहस्य पत्तालाग्ने कुरो होइन । यस विषयमा पहिलेऋषि महर्षिहरु जस्ता गणक विद्वानहरुले अनेकौं अनुसन्धान गरी ग्रन्थ एवं शास्त्रहरु लेखेर छोडेका छन्। ती शास्त्रहरु नै काफी छन्। बास्तवमा मत बाझिएको भनेको २१ डिसेम्वर मुख्य कारक तत्वको रुपमा देखापरेको छ । यही २१ डिसेम्वरलाई कतिले वर्षको लामो रात हुने
दिन भनेर मात्र बुझे त कतिले भ्रम फैलाईकन २१ डिसेम्वर नै उत्तरायण शुरु हुने  िदन हो भनी उक्साइ दिए । फेरि यो गणितद्वारा पुष्टि भएको भनेर विश्वास गर्नेहरु देखिएको पो अचम्म लागेको हो त । तर त्यो गणित कहाँ कसले कुन स्रोतमा लेखेको छ त्यस हिसावको फिहरिस्त दिई पुष्टी गरेको भने होइन । बरु चुनौतिका साथ भन्न सक्छुकि २१ डिसेम्वर देखि सूर्य उत्तरायण शुरु हुने कुराको पुष्टी खोज्ने तिर लाग्ने र हिसावको फिहरिस्त प्रकाशमा ल्याउने कार्यमा समय खर्चेको भए हुन्थ्यो । यसरी अनेकौं बितण्डा देखाएर चाहीं होइन ।


सूर्य उत्तरायण र दक्षिणायनको मान्यता
तिथि अनुसार भन्नुपर्दा नागपंचमी देखि सूर्य दक्षिणायन भएर जान्छ र श्रीपंचमी देखि सूर्य उत्तरायण भएर जान्छ भन्ने एउटा प्राचीन प्रचलित मान्यता रहँदै आएको छ यो सर्वविदित प्रायः नै छ । तर नागपंचमी कहिले भाद्रमा पर्न जाने त्यस्तै श्रीपंचमी पनि कहिले फागुनमा पर्न जाने हुनाले हरहमेशा साउन र माघमा पार्न तिथि समाएर नहुने भएको हो । संक्रान्ति चाहीं अधिमास भएको वर्षमा पनि उही र नभएकोवर्षमा पनि उही हुने हुनाले साउने संक्रान्ति र माघे संक्रान्तिलाई अयन संक्रान्ति मानेको हो। यसलाई कर्कट संक्रान्ति र मकर संक्रान्ति पनि भन्ने गरिन्छ । शास्त्रहरुमा यी दुई संक्रान्तिलाई अयन संक्रान्ति मानेको हो । कर्कट संक्रान्ति देखि सूर्य दक्षिणायन भएर जाने र मकर संक्रान्ति देखि सूर्य उत्तरायण भएर जानेमान्दा कुनै जमिन नै भासिएर पातालमा पुग्न लागेको जस्तो आपत्ती आइपरेको बिल्कूलै होइन ।

तर समस्या कहाँ निर छ भन्ने तिर ध्यान कसैको आकर्षित भइरहेको बिल्कूलै देखिएको छैन । खाली एकोहोरो ढंगले पृथ्वी फुट्यो भनेर दौडाइ दिंदा दौडे जस्तै मात्र देखिएको छ । कहाँं निर २४ दिन बढ्न गएको हो त्यसलाई पुष्टी गर्ने वैज्ञानिक आधार प्रस्तुत गर्न छोडी लट्ठी गाड्ने तमाशा देखाउन खोजेर हुंदैन ।

यसरी ती संक्रान्तिलाई अयन संक्रान्ति भनेर मानेतापनि हामीले के हेक्का राख्नुपर्दछ र के सोच्नुहुंदैन भनेर विचार पनि गर्नु पर्दछ । त्यो हो असार मसान्त सम्म सूर्य उत्तरायण भइरहेकोमा त्योदिन उपरान्त साउनेसंक्रान्तिको दिनमा सूर्य फुत्तलाएर उफ्रेर दक्षिणायनमा सरेको र पुस मसान्त सम्म सूर्य दक्षिणायन भएको माघे संक्रान्तिमा फुत्तलाएर उफ्रेर उत्तरायण हुन गएको भनेर सोच्न थालिएको हो भनेत्यो महा भूल सिवाय अरु केही हुने होइन ।

हामीले ३६५ दिनको एक वर्ष भनेर किन मानी आएका हौं । यहाँ पनि ३६५ दशमलव गरी दशमलव पछाडि १० वटा अंकसम्म भाग लिंदै गए पनि निशेष कहिल्यै हुंदैन यो त थाहा छ नि । त्यही भएर पाश्चात्य वैज्ञानिकहरुले गणना गर्दा दशमलव भन्दा पछाडि चार वटा अंक सम्मको लिने अझ दुइवटा मात्र लिने गणितका नियम बनाइएको हो यो पनि सर्वविदित नै छ । त्यही मुताविक ३६५.२५ लिने गरिएतापनि ३६५ दिनको एक वर्ष मान्दै आएको तथ्य
हामीलेकहिल्यैबिर्सेकोछैन । त्यस्तै गरी सूर्य उत्तरायणमा शुरु हुने निश्चित समय ट्वाक्कै यो र सूर्य दक्षिणायन शुरु हुने निश्चित समय ट्वाक्कै यो भन्न सकिने कुरो होइन र अहिले सम्म कसैले भन्न सकेको पनि छैन । अव पर्व सुधारक भनेर आइरहेकाहरु संग पनि यसको कुनै चुरो भनौं या लट्ठी गाड्ने बाहेक अरु युक्ति अघिसार्न सकेको छैन । त्यही भएर पहिलेका ऋषि महर्षि एवं गणक वैज्ञानिकहरुले साउने संक्रान्ति र माघे संक्रान्तिलाई स्थीर दिन भएकोले यसलाई मध्य विन्दु मानेर अयन संक्रान्ति मान्ने रीत बसालेको हो । डा. पाण्डुरंग वामन काणेको धर्मशास्त्रका इतिहास पल्टाएर हेरियो भने पनि भारत मै पनि जनवरी १४ तारिखलाई प्राचीन मान्यता अनुसार उत्तरायण शुरुहुने दिन भनेर मान्नेहरु प्रशस्त छन्नभएका होइनन्। यसको अर्थ माघ १ गते नै सूर्य उत्तरायण शुरु हुने हो र साउन १ गतेसूर्य दक्षिणायन शुरु हुने हो । जसरी एक वर्षको हिसावको कुरा गर्दा ३६५ दिनलाई लिन्छौ भनिए झैं उत्तरायण दक्षिणायन पनि साउनेसंक्रान्ति र माघेसंक्रान्तिलाई वैज्ञानिक तथा प्राचीन विद्वानहरुको सहमतिको विन्दुले तय गरी मानेको मात्र अवश्य हो ।


समय मापनको कुरा
लट्ठी गाडेर घाम को छाया नाप्नु पर्दछ भन्नेहरुले शास्त्रलाई व्यर्थ सिद्ध गर्न सकेको होइन । यदि साउनेसंक्रान्ति माघेसंक्रान्तिमा उत्तरायण दक्षिणायन मान्दा सूर्यको गति मिलेको छैन भन्ने हो भने ती भन्नेहरुले आफनो हात हातमा लाइरहेका घडी पनि लाउन भएन । किनभने हरेकको घडीमा मिनेट र सेकेण्डहरु फरक भइरहकै हुन्छ । कसको घडी ठीक छ त भन्ने प्रश्न उठ्छ । कतिले त लाखौंलाख पर्ने घडी लगाइ रहेका हुन्छन्। जसको घडी महंगो
छ उसैको घडीको समय ठीक भन्ने पनि त होइन । पहिलेपहिले समय हेर्दा पानी घडी प्रयोग गर्दथे । अहिले पनि लट्ठी गाडे जस्तो पानीघडीको प्रयोग गर्नु आवश्यकता छैन । पानी घडीको समय जस्तो हाते घडीको समय निश्चित शुद्ध कुनैको पनि हुंदैन । त्यसो हो भन्दैमा कसैले पनि हाते घडी लाउन छोड्ने छ भन्ने हुंदैन र यो कुरा सोच्न पनि सकिन्न । यसो भन्दैमा हरहमेशा पानीघडी हेर्ने तरखर पनि कसैले गरिरहेको हुंदैन ।


त्यसकारण शास्त्र बनाउंदा उहिलेका वैज्ञानिकहरुले नै घामको छाया नापेर, पानीघडी प्रयोग गरेर पात्रो गणना गर्ने समय निश्चित गरीकन गणना गर्न सहज होस भनी अंकतालिका नै आविष्कार गरेको हो र त्यही तालिका प्रयोग गरेर नै अहिले पात्रोहरु बनाइएका हुन्। त्यसरी बनेको तालिकाको प्रयोगले नै पात्रो बनाउन सजिलो पनि भएको हो । रह्योकुरा यसपाली २०८०सालको माघ १ गते लट्ठी गाडेर घामको छाया नाप्दा जति आएको हो अर्कोसाल २०८१ साल माघ १ गतेको दिन नापेको घामको छाया एउटै हुनु पर्ला नि । तर एउटै हुन्छ भनी ग्यारेण्टी दिने को छ ? त्यसकारण बेलाबेलामा यस्ता बितण्डाको कुरा ल्याइ जनमानसमा भ्रम फैलाउन चाहनेहरु यहाँ अत्यधिक देखिन थालेको छ । यस्तो कुरामा भ्रममा नपरौं ।

रात र दिन बराबर हुने मेष संक्रान्ती र तुला संक्रान्तीलाई विषुव संक्रान्ती भनिन्छ । त्यस्तै गरि वर्षको सवभन्दा लामोदिन जेठको ज्यापुन्हीको दिन र सवभन्दा लामो रात योमह्री पुन्हीको दिन होभनेर मान्ने चलन छ । यो पनि अयन संक्रान्ति निर्धारण गरे जस्तै गरु गरिएकोमात्र हो । यो कुनै ट्वाक्कै मिल्छ भनेर हिसाव गरेर भनिएको बिल्कूल होइन । क्रिश्चियन क्यालेण्डर अनुसार डिसेम्वर २१ तारिखलाई लामो रात मान्ने चलन छ र त्यस्तै जून २१ तारिखलाई लामोदिन भनेर मान्ने चलन छ । यति मात्र भए त केही थिएन । भारत मै पनि कति विद्वान भनाउंदाहरुले २१ डिसेम्वरलाई नै उत्तरायण शुरु हुने दिन भनेर समेत गलत प्रचार गराइ दिए । यो कुरा भारतका इतिहासहरुमा उल्लेख पाइन्छ । मुख्य समस्याको जड भने कै यही देखिएको छ ।

२१ डिसेम्वरलाई रात लामो हुनेदिन भनेर सम्म मान्न सकिन्छ भनेउत्तरायण शुरु हुने भनेर कुनै हालतमा मान्न सकिने आधार छैन । रात लामो हुने दिन भन्ने कुरा पनि कुनै गणना गरेर ट्वाक्कै मिल्छ भनिएकोपनि होइन । केवल सहमतिमा २१ डिसेम्वरलाई लगभग यो दिन मान्ने है भनिएको मात्र हो ।

क्रिश्चियन वर्षको लामो दिन र लामो रातको तुलना ज्यापुन्ही र योमरी पुन्ही सित गरेर हेर्ने हो भने पनि फरकपर्ने भएको हो । यहाँ कुनैतरिकाले २४ दिन फरक पर्न गएको चाहीं बिल्कूल होइन । गलत धारणा जसले लिएको हो त्यसको हिसावमा मात्र फरक परेको हो । किनकि जनवरीको १४ तारिख या १५ तारिखमा उत्तरायण शुरु हुने अवधारणा त्यागेर डिसेम्वर २१ मान्नेहरुको लागि मात्र २४ दिन फरक पर्ने भएको हो । उदाहरण कै रुपमा लिंदा योमह्रीपुन्हि मंसिरमा पर्नु पर्ने यसपाली पुसमा पर्न गएको छ । अर्को कुरा अयन भनेको६ महिना उत्तरायण र ६ महिना दक्षिणायन हुने हो । डिसेम्वर मै उत्तरायण शुरु भएको भनेर भन्दैमा पत्याइ हाल्ने विद्वतालाई के भनेर संज्ञा दिने हो? किनकि उत्तरायण चाहीं ७ औं महिना हुन्छ र दक्षिणायन ५ औं महिना मात्र हुन्छ भन्ने प्रमाण कहीं पनि छैन । त्यसकारण त्यसैलाई आधार बनाएर २४ दिन फरक पर्न गयो भनी तर्क गर्नु सर्वथा गलत हो। एक त नेपाली क्यालेण्डर पनि ३६५ दिनको हो र क्रिश्चियन क्यालेण्डर पनि ३६५ दिन कै हुन्भने यहाँ २४ दिन घटी र बढीको कुरा कहाँ बाट आयो ? केवल मान्छेको बुझाइमा गलत हुंदैमा साँच्चै फरक परेकोचाहीं बिल्कूलै होइन भनी बुझ्न आवश्यक छ ।



क्रिश्चियन वर्षको लामो दिन जून महिनाको जुनसुकै तारिखमा परेतापनि औसतको रुपमा २१ तारिख लाई मान्ने र त्यस्तै लामो रात पनि डिसेम्वरको जुनसुकै तारिखमा परे तापनि डिसेम्वर २१ लाई मान्ने है भनेर मानेकोमात्र हो । यसमा हिसावको सूत्र कुनै पनि छैन । त्यस्तै नेपालमा पनि लामोदिन ज्यापुन्हीलाई मान्ने र लामो रात योमरीपुन्हीलाई मान्ने  गरिएकोहो । यसमा क्रिश्चियन वर्षसित तालमेल मिल्नै पर्छ भन्ने जरुरी पनि छैन । त्यस्तै गरि नेपालमा उत्तरायण र दक्षिणायन मान्ने दिन कर्कट संक्रान्ति र मकर संक्रान्ति लाई लिइएको हो । यहाँ पनि हिसावको कुनै सूत्र छैन । तर यो कुरा प्राचीन शास्त्र अनुकूलको मान्यता हो । अतः पश्चिमाहरुले मान्ने दिन र नेपालीले मान्ने दिन फरक छ भन्दैमा २४ दिन फरक परेको भन्नु सरासर गलत हो । किनकि ६ महिना उत्तरायण र ६ महिना दक्षिणायन हुने सिद्धान्त हामी कहाँकहिल्यै पनि डगमगिएको छैन ।


पात्रोमा दिइएका तिथि मान्ने तरिकामा भिन्नता
यसपालीको योमरिपुन्ही २०८० पौष १० गते मंगलबार पर्दछ । पोहरसाल र परारसालको योमरिपुन्ही सित यहाँ तुलना गरेर हेर्न सकिन्छ । यमपंचकमा मात्र लक्ष्मीपूजा गरिने होइन योमरि पुन्हीमा पनि लक्ष्मीपूजा गरिन्छ, यो सवलाई थाहा छ । यो दिन बिहान सूर्योदय देखि ५६ घडी ९पला सम्म याने २९वजेर २२ मिनेट सम्म नै पूर्णिमा छ । योदिन बिहान देखि बेलुका सम्म जतिवेला लक्ष्मी पूजा गरे पनि भयो । पोहरसाल मंसिर २२ गते बिहान ४ घडी ३०पला सम्म याने विहान ८ बजेर ३१ मिनेटसम्म मात्र पूर्णिमा थियो। तैपनि बिहान सूर्योदय देखि बेलुकासम्म नै योमरिपुन्ही मनाए । त्यस्तै परारसाल पौष ४ गते बिहान ५ घडी ४१ पला याने ९बजेर ७ मिनेट सम्म मात्र पूर्णिमा थियो।त्यो दिन पनि बिहान सूर्योदय देखि बेलुका सम्म योमरीपुन्ही मनाए साथै लक्ष्मीपूजा पनि गरे । यसबाट के प्रष्ट हुन्छ भने बिहान सूर्योदय संग जेतिथि छ दिनभरिलाई त्यही तिथिलेचाडवाड मनाउनमा कुनै बाधा पारेन भन्ने तथ्यको यो ज्वलन्त उदाहरण हो । तर पितृ श्राद्ध गर्ने कार्यको हकमा भने फरक नै छ । यसपाली पूर्णिमा ५६ घडी ९पला सम्म भएकोले खासै समस्या देखिएन । तर पोहर परार चाही २२ गतेको दिन ८ः३१ भित्र श्राद्ध कर्म सिद्ध्याएको र पौष
४ गते पनि विहान ९ः७ भित्र श्राद्ध कर्म सिद्ध्याएको घटना स्मरण गर्नु पर्दछ । किनभने २२ गते ८ः३१ वजे उप्रान्त प्रतिपदा लाग्ने हुंदा त्यसपछि पूर्णिमाकोदिनमा गर्नु पर्ने श्राद्ध गराइंएन र पौष ४ गते पनि ९ः७ भित्र श्राद्ध सिध्याएर त्यस पछि प्रतिपदा लाग्ने भएकोले पूर्णिमाको दिनमा गरिने श्राद्ध गराइंएन , यसलाई बिर्सन मिल्दैन ।

यसबाट कुनै पनि चाडवाडमा तिथिको घडीपला हेरिंदैन भने श्राद्ध कर्ममा चाहीं घडीपला समय हेरिन्छ र हेराइन्छ भन्ने कुरा नै बुझाइमा कमजोरी देखिएकोले यस्तो बितण्डाहरु बारम्वार आउने गरेको हो भन्ने स्पष्ट देखिएको छ । यसरी सामान्यतः पंचांग पात्रो हेरेर चाडवाड निर्णय गर्न नसक्नेहरुबाट उत्तरायण दक्षिणायनको कुरा भयो , लामोदिन छोटो दिनकोकुरा भयो, दिन र रात बराबर हुने कुरा र ऋषि महर्षि एवं पाश्चात्य वैज्ञानिकहरुले त ट्वाक्क यही दिन हुन्छ भन्न नसकेको कुरालाई लट्ठी गाड्ने बितण्डाकारीहरुले गर्ला भनेर आशा गर्नु महा भूल सिवाय अरु हुनेवाला छैन ।

निष्कर्ष
समग्रमा भन्नु पर्दा डिसेम्वर २१ लामो रात हुने दिन मात्र हो । ठूला विद्वानले भनेको भन्दैमा उत्तरायण शुरु हुने त्यहीदिन ठहरिएको बिल्कूल होइन । त्यसकारण ठूला विद्वानले त्यसै
भनिएन होला भन्नु भ्रम मात्र हो ।

वास्तविक रुपमा मकर संक्रान्ति कै दिनमा सूर्य उत्तरायण हुने हो । यसलाई बढी जान्नेसुन्ने भएर डिसेम्वर २१ मा सूर्य उत्तरायण हुने भनी दिंदा मात्र २४ दिन फरक देखा पर्न गएको
हो । किनकि डिसेम्वर २१ देखि जनवरी १५ सम्म त्यस बीचको २४ दिन फरक प¥यो भनिएको हो । यसकोवैज्ञानिक पुष्टिकोहिसाव कतै पनि छैन ।

तिथि अनुसार नागपञ्चमी देखि सूर्य दक्षिणायन भएर जाने । त्यस्तै श्री पञ्चमी देखि सूर्य उत्तरायण भएर जाने मान्यता केही हद सम्म जायज नै थिए । तर कहिलेकाहीं साउनमा पर्ने तिथि नागपंचमी भदौमा पर्न जाने र माघमा पर्ने तिथि श्रीपंचमी फागुनमा पर्न जाने भएको हुंदा तिथि भन्दा संक्रान्ति स्थीर र बढी भरपर्दो मानेको कारणले कर्कट संक्रान्तिबाट सूर्य दक्षिणायन भएर जान्छ र मकर संक्रान्ति देखि सूर्य उत्तरायण भएर जान्छ भनेर मानेको हो । सामान्यतः अझ हेक्का राख्नु पर्ने कुरा भनेकोछ महिना उत्तरायण र छ महिना दक्षिणायन हुन्छ भनेर मात्र बुझे पनि काफी छ । जव डिसेम्वर २१ देखि जून २१ सम्म गन्दै जाँदा जून २१ भनेको सातौं महिनामा पर्न आउंछ । तव जून देखि नोभेम्वर सम्म जम्मा बाँकी पाँचौं महिना मात्र हुन्छ । तव पाँच महिना दक्षिणायन र सात महिना उत्तरायण हुने शास्त्र संसार मै सृष्टि भएको छैन भने बृथामा बखेडा खडा गरेर डिसेम्वर २१ देखि उत्तरायण शुरु हुन्छ भनी लिंढेढीपी गर्दै आउनुको कुनै औचित्य छ जस्तो लाग्दैलाग्दैन । यदि यो कुरा चित्त नबुझ्नेहरु कोही छ भने उहाँहरुबाट अविलम्व त्यसकोहिसावको फिहरिस्त सहितको प्रमाण जनमानसमा ल्याएर देखाइयोस्, गफ हाँकेर चाहीं होइन नि । 

मङ्गलबार १० पुस २०८० ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया