×

२०७९ मङ्सिर ११ गते आइतबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज पनि समय खराव रहनेछ । काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानी हुँने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुले नै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाईने हुदा समयमा कामहरु सम्पादन हुने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने विभिन्न क्रियाकलापमा सहभागी भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हँुदा मन प्रशन्न रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमतापूर्वक गरिएको श्रमबाट मनग्य रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरीको यात्रा तय गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । नीति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । शत्रुले दु:ख दिनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् । सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरु पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरु साघुरा हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरु टाढिनेछन् भने शुभचिन्तकको सहयोग तथा समर्थन पाईने छैन । राजनीति थता समाजसेवामा जनताको काम गर्दा पनि आलोचनाको सिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अविश्वास बढ्नेछ भने घर आमासँग पनि मनमुटाव सिर्जना हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् । छोटो तथा लामो दुरीको उपलब्धिमूलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखी कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरु तपाईभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हावी हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरु निरर्थक हुनेछन् 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज पनि स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतारचढाउ आउन सक्छन् । तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वसँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठूलो उपलब्धि हासेल गर्नु हुने छ । आर्थिक लाभका बलिया अवसरहरू छन् । ब्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् । आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुने छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय मध्यम छ । तपाईँले आरोह अवरोहको सामना गर्नु पर्नेछ । प्रेम जीवनका लागि अनुकूल छैन । प्रेम जीवनमा चुनौतिको सामना गर्नु पर्न सक्छ । नोकरी र ब्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ । गाडी सावधानीपूर्वक हाक्नुहोला । आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ । दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा ध्यान नजाँदा नतिजा अरुकै पक्षमा आउनेछ ।

आइतबार​ ११ मंसिर २०७९ ०६:०५ AM मा प्रकाशित

प्रतिक्रिया