×

नक्कली शरणार्थी प्रकरणमा थप एकजना आशिष बुढाथोकी पक्राउ

images

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए ।

शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

सोमबार ११ असार २०८० ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया