×

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

images

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रचण्ड र ओलीबीच प्रदेश सरकारलाई पूर्णता लिने र राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्ने विषयमा फरक फरक धारणा आइरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको हो।

दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ । 

बिहीबार १२ माघ २०७९ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया