×

बालुवाटारबाट बाहिरिए प्रचण्ड

images

काठमाडौं । सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थलबाट बाहिरिएका छन् ।

पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पुगेका थिए । प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेर बालुवाटार पुगेका प्रचण्ड बैठकबाट बाहिरिएका हुन्। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडानमा छ। प्रचण्ड बाहिरिएपछि नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री देउवासँग छलफलमै छन्।

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिको सम्भावनालाई ख्याल गर्दै कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् ।

आइतबार​ १० पुस २०७९ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया