×

गठबन्धन टुट्न सक्छ - प्रचण्ड सचिवालय

images

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन्।

उनले राजनीतिमा आफू कमजोर हुँदा एउटा सहमति र माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडी हाल्ने खराब प्रवृत्ति हाबी भएको समेत बताएका छन्।

उनले लेखेका छन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पछिल्लो घटनाक्रमले फेरि इतिहासको दुखान्त  पुनरावृत्ति अगाडि आएको जनाएको छ । आफू तल पर्दा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने प्रवृत्ति खतरनाक रहेको प्रचण्डका स्वकीय सचिव मल्लले बताए । 
 

आइतबार​ १० पुस २०७९ ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया