×

बालकोट लागे प्रचण्ड

images

नेपाली कांग्रेससँग सरकार निर्माणबारे कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट लागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार ‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएर गठबन्धन चाहिंदैन भनेजस्तो गरेपछि कुरा मिलेन ।’सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा, प्रचण्ड र माधव नेपालले छुट्टा छुट्टै छलफलसमेत गरेका थिए।

तर पहिलो कार्यकालमा को प्रधानमन्त्री हुने भन्ने विषयमा सहमति हुन नसकेपछि  प्रचण्ड बैठक छोडेर बाहिरिएका हुन्। सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीको पहिलो कार्यकाल कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीबीच कुरा मिल्न सकेको छैन।

सुरुमा सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएको माओवादीको अडानमा कांग्रेस सहमत नभएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ।राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।

आइतबार​ १० पुस २०७९ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया