×

सत्तारुढ गठबन्धन टुट्यो : रामचन्द्र पौडेल

images

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको जानकारी दिएका हुन् । 

‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले भने । पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीको पहिलो कार्यकाल कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीबीच कुरा मिल्न सकेको छैन। सुरुमा सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएको माओवादीको अडानमा कांग्रेस सहमत नभएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।


 

आइतबार​ १० पुस २०७९ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया