×

‘जेष्ठ प्राध्यापक समाज, नेपाल’ले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजन गर्दै

images

अवकाशप्राप्त प्राध्यापकहरूको संस्था ‘जेष्ठ प्राध्यापक समाज, नेपाल’ले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजन गर्दै दुई जना विशेषज्ञहरूबाट विद्वत प्रवचन प्रस्तुत गरेको छ । विश्व अल्जाइमर्स दिवसको मेसो पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. चुडाबहादुर कार्कीले अल्जाइमर्स र डिमेन्सिया रोगका बारेमा जानकारी दिए । विश्वको तथ्याङ्कअनुसार डिमेन्सिया हरेक पाँच वर्षमा दोब्बर बढ्दै गएको बताउँदै जेष्ठ नागरिकहरू यसप्रति सचेत हुनुपर्ने उल्लेख गरे ।  

डा. कार्कीले डिमेन्सियाले स्मरणशक्ति, तर्कशक्ति, सोच्ने शक्तिमा ह्रास ल्याउने हुँदा हरेक व्यक्तिले आफूलाई सक्रिय राख्नुपर्नेमा जोड दिए । उनले डिमेन्सियाका लक्षणहरूबारे जानकारी दिँदै भने, “सामान्यतया ६५ वर्षपछि डिमेन्सिया हुनसक्ने सम्भावना भएकोले उमेर पुगेका हरेकले आफ्नो जीवनशैलीलाई सन्तुलित राख्नुपर्ने हुन्छ । हरेक व्यक्तिले सन्तुलित आहारविहार, शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । नियमित स्वास्थ्य जाँचका लागि डाक्टरसँग सम्पर्कमा रहनु पर्छ ।”

कार्यक्रममा प्रा.डा. लोचना श्रेष्ठले बोल्दै डिमेन्सिया र अल्जाइमर्सबाट बच्न तथा मस्तिष्कलाई सक्रिय राख्न खानपान र व्यायामसँगै पढ्ने, लेख्ने, संगीत सुन्ने, सिनेमा हेर्ने, घुमफिर गर्नेजस्ता क्रियाकलाप गर्न सुझाइन् । उनले आराम हराम भएकाले आफूलाई सक्दो व्यस्त राख्न सबैसँग आग्रह गरिन् ।
उक्तअवसरमा शिक्षाविद् प्रा. सुरेशराज शर्माले नेपालको शैक्षिक क्षेत्रलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए । समाजका संस्थापक अध्यक्ष वसन्त गौतमले संस्था स्थापनाका प्रारम्भिक दिनको सम्झना गर्दै यसले गर्दै आएका कामबारे 
 

सोमबार ८ असोज २०८० १०:०६ AM मा प्रकाशित

प्रतिक्रिया