×

शंकर भारतीको "अनुपम देवता"को अन्तरक्रिया 

images

२०८० भदौ ८, काठमाडौं । उपन्यास समाज नेपालले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको उपन्यासकार शंकर भारतीको "अनुपम देवता" उपन्यासको तेस्रो सस्करणको "अन्तरक्रिया कार्यक्रम" सम्पन्न भयो । पहिलो सस्करण २०२७ सालमा प्रकाशित भएको हो । 

साहित्यकार श्रीओम श्रेष्ठ "रोदन"को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा "अनुपम देवता" उपन्यासको बारे चर्चा गरिएको थियो । 

कार्यक्रममा सो उपन्यासबारे समालोचकहरु डा. दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. मधुसूदन लामिछाने, डा. दिनबन्धू शर्माले आआफ्नो पाठकीय मन्तव्य राख्नु भएको थियो । 

यसैगरी उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास लेखनबारे चर्चा गर्नु भएको थियो । 

यसैगरी सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, अध्यक्ष श्रीओम श्रेष्ठ "रोदन", नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले स्वागत तथा विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो । 

वि. स. २०१३ सालमा डिल्लीबजार, काठमाडौंमा जन्मिनु भएका भारतीको अर्को जुनी, प्रेम तपस्या, अनुपम देवता, महापुरुषको सन्तान र अग्नि परीक्षा उपन्यासहरु प्रकाशित रहेका छन् ।

शुक्रबार​ ८ भदौ २०८० ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया