×

प्रदेशस्तरीय भलिबल प्रतियोगिताः पुरुषतर्फको नवलपुर र महिलातर्फ पर्वतलाई उपाधि

images

गोरखा, १३ वैशाख  : गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ नवलपुर जिल्ला र महिलातर्फ पर्वत जिल्लाले जितेको छ । गोरखाको बारपाकमा बुधबार सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुरले उपाधि जितेको हो । 

खेलमा नवलपुरले स्याङ्जालाई ५–३ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा म्याग्दी जिल्ला तेस्रो भएको जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष कृष्णसिंह बस्नेत ९शान्ता०ले जानकारी दिनुभयो । 

त्यस्तै महिलातर्फको फाइनल खेलमा म्याग्दी जिल्लालाई पराजित गर्दै पर्वत जिल्लाले उपाधि जितेको उहाँले बताउनुभयो । खेलमा पर्वतले म्याग्दी ३–० सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा महिलातर्फ स्याङजा तेस्रो भएको छ । खेलमा सहभागीमध्ये पुरुषतर्फ नवलपुरका हिमाल सुनारी सर्वोउत्कृट खेलाडी घोषित हुनुभएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । 

त्यस्तै स्याङ्जाका सञ्जुविक्रम शाह उत्कृष्ट स्पाइकर, नवलपुरका दानबहादुर गाहा उत्कृष्ट सेटर, म्याग्दीका देवेन्द्र बुढा उत्कृष्ट सर्भर, नवलपुरका सरोज बर्देवा उत्कृष्ट ब्लकर, स्याङ्जाका राजन दर्लामी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

महिलातर्फ पर्वतकी रीमा कुँवर सर्वोउत्कृष्ट खेलाडी, म्याग्दीकी रिञ्जना बोटे उत्कृष्ट स्पाइकर, पर्वतकी बीना फगामी उत्कृष्ट सेटर, स्याङजाकी सोइङ थापा उत्कृष्ट सर्भर, म्याग्दीकी मनिषा तिलिजा उत्कृष्ट ब्लकर र स्याङजाकी जायरा निसा उत्कृष्ट डिफेन्डर घोषित भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये महिलातर्फ १० जिल्ला र पुरुषतर्फ १० जिल्लाका गरी २० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडीलाई बुधबार नै नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता वैशाख १० देखि १२ गतेसम्म सञ्चालन भएको हो ।
(((
 

बिहीबार १३ बैशाख २०८१ ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया