×

मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं- धनराज गुरुङ

images

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद्‍ धनराज गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार गइरहनुनपर्ने बताएका छन्।

शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार गइरहनुनपर्ने बताएका हुन्।

‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं । नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गैरहनुपर्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘इतिहासमा कांग्रेसलाई नालायक बन्न दिन्नौं भन्ने पनि उत्तिकै हामीसँग प्रण छ । उत्तिकै योजना, दृष्टिकोण पनि छ ।’

राजनीतिक तरलता छ भनेर कांग्रेसलाई छुट नहुने उपसभापति गुरुङले बताए । अहिलेको १० राजनीतिक दललाई नेतृत्व गरेर ५ बर्षसम्म स्थायी सरकार चलाउने हिम्मत कांग्रेसले राखेको उनको भनाइ छ । सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भएपनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई छुट नहुने उनले तर्क प्रस्तुत गरे । 

शनिबार ११ चैत २०७९ ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया