×

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल, संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने

images

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भयको  छलफल बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउने केन्द्रीत छ। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा कांग्रेस सचेतक रमेश लेखक पनि सहभागी थिय ।  ‘संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरुबिच छलफल भयो । सामान्यतया यो विषयलाई चाँडो टुंगोमा पुर्याउ भन्नेमा नेताहरुले भनाइ राख्नुभयो’, नेता लेखकले भने, ‘सोमबार बेलुका चार बजे पुन: अर्को बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।’

आइतबार​ ८ पुस २०८० ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया