×

प्रचण्डलाई ओलीको फोन- अब मिलेर अघि बढौं

images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन् । चुनावी नतिजा सार्वजनिक हुने क्रम जारी रहेको बेला ओलीले दाहाललाई फोन गरेका हुन् । पछिल्लो मतपरिणामअनुसार दुवै दलको अवस्थामा विगतभन्दा अवस्था खस्किएको छ ।

बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ , ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’ 

प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए ।

हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’  प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

आगामी दिनमा मिलेर जानुपर्ने ओलीको प्रस्ताव रहेको दाहालको सचिवालयले जनाएको छ। प्रचण्डले भने यसबारेमा निर्वाचनको अन्तिम परिणाम आएपछि छलफल गर्ने जवाफ दिएका छन् । दाहालपनि पछिल्लो समय कांग्रेसले निर्वाचनमा माओवादीलाई घात गरेको निश्कर्षमा पुगेका छन् । 

अहिलेपनि जनमत बलियो वामपन्थी एकता भएकोबारे दुवै नेताबीच कुराकानी भएको थियो । कतिपयले भने ओलीले सरकार गठनको लागि माओवादीलाई विश्वासमा लिन खोजेकोबारे पनि चर्चा गर्न थालेका छन् । 

नेकपा विघटन भएर एमाले र माओवादी अलग अलग भएपछि दुई नेताबीच पहिलोपटक फोन सम्वाद भएको हो । यसअघि एमसीसी पारित गर्ने सन्दर्भमा दुई नेताबीच दुवै दलका दोस्रो तहका नेताहरुको उपस्थितिमा संसद्मा सामूहिक छलफल भएको थियो ।

बिहीबार ८ मंसिर २०७९ ०८:४२ PM मा प्रकाशित

प्रतिक्रिया