×

२०७९ चैत ११ गते शनिबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय सामान्य रहनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । अनावश्यक विवाद नगर्दा राम्रो होला। यात्रामा जाँदा विशेष सजग हुन आवश्यक छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूका लागि आज समय अनुकूल छ । व्यपारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ  समान किनमेल हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय राम्रो छ । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ, आज थालनी गर्नुभएमा राम्रो हुनेछ । आर्थिक कामहरु सफल हुनेछन्। मानसम्मान प्राप्त हुन सक्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज समय मध्यम रहेको छ । शैक्षिक क्षेत्रका कामहरु सफल हुन सक्छन् भने विद्यार्थीले पढाईमा राम्रो नतिजा प्राप्त गर्न सक्छन्। सामाजिक काम तथा परोपकारिक काम गर्दा राम्रो होला। आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रहन सक्छन्।  

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहेको छैन । मानसिक चिन्ता बढ्न सक्छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च हुने अवस्था छ । नयाँ कामको सुरुवात तथा लगानीको लागि आज समय राम्रो छैन। विद्यार्थीले पढाईमा अलिक बढी मेहनत गर्नुपर्छ।
 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज दिन राम्रो रहनेछ । आज व्यवसाय गर्नेहरुले राम्रो नाफा कमाउन सक्छन्। उचित ठाउँमा गरिएको लगानीले राम्रो प्रतिफल पाउँन सकिन्छ। परिवारको साथमा घुमघाम वा रमाइलो समय व्यतित गर्न सकिन्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज दिन राम्रो रहन्छ। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। शत्रुहरु पछि हट्नेछन्। परिवारको साथ समय व्यतित गर्न सकिनेछ। टाढाबाट धन आउने, नयाँ  काममा लगानी गर्न मन लाग्नेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज दिन मध्यम रहन सक्छ। सामाजिक काममा लाग्दा मानसम्मान प्राप्त गर्न सकिन्छ। धार्मिक क्षेत्रमा पनि रुचि लिंदा राम्रो हुन्छ। आज आर्थिक क्षेत्र तथा व्यवसाय भने सामान्य रहन सक्छ। शैक्षिक क्षेत्रका कामहरु सफल हुनेछन्।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आजको दिन सामान्य रहन सक्छ। विना प्रयोजनको यात्रा हुन सक्छ भने अनावश्यक धन खर्च हुन सक्ने भएकाले ध्यान दिनुहोला। स्वास्थ्य पनि कमजोर रहन सक्छ, त्यसैले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। अनावश्यक काम र विवादमा समय व्यतित हुन सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय शुभ छ । साथीभाई, सहकर्मी तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन राम्रो रहन्छ। स्वास्थ्य राम्रो रहने र काम गर्ने जोश आउँछ।   आज पढाईलेखाई, परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ । 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय सामान्य छ। आफन्त, साथीभाई तथा सहकर्मीसँग विवाद हुन सक्ने भएकाले ध्यान दिनुपर्छ। आज मिठो भोजन प्राप्त हुन सक्छ। धनको क्षेत्र सामान्य रहन्छ। स्वास्थ्य मध्यम रहन सक्छ।

शनिबार ११ चैत २०७९ ०५:१४ AM मा प्रकाशित

प्रतिक्रिया