×

बराह क्षेत्रमा हरिबोधिनी एकादशी मेला

images

 

सुन्दरहरैँचा (मोरङ) ७ मङ्सिर : सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन पवित्र तीर्थस्थल वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला सुरू भएको छ । हरेक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनुुभयो ।

मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरी काम गरिएको उहाँले सुनाउनुभयो । मेलाका लागि अन्तरिक तथा बाह्य गरी पाँच लाख बढी भक्तजनको सहभागिता रहने बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

मेला सफलताको लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर सिँगार्ने साथै नियमित सरसफाइ गरेको उहाँले बताउनुभयो । हिन्दू धर्मका प्रमुख चार धाममध्ये एक मानिएको बराहक्षेत्रमा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध तथा धार्मिक महत्व बोकेको मेला भएको नेपालका प्रथम जगदगुरू बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो । ---

बिहीबार ७ मंसिर २०८० ०६:३१ PM मा प्रकाशित

प्रतिक्रिया