×

गङ्गाजमुना झरनामा दुई दिने मेला भर्न आएका भक्तजन

images

 

धार्मिक तथा पर्यटकीय रुपले परिचित धादिङको गङ्गाजमुना झरनामा दुई दिने मेला भर्न आइपुगेका जात्रालु भक्तजन ।

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा पर्ने यो जात्रा अघिल्लो दिनबाट विविध सांस्कृतिक कार्यक्रमहरु सहित रातभर जागाराम बसेर एकादशीको दिन बिहान मनाइन्छ । तेह्र सय वर्षअगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरीहरु बेपत्ता भएका र परिवार खोज्दै जाँदा गुफा भित्रबाट हामी यही सुरक्षित छौं हामीलाई यही पूजापाठ गर्नुहोला भनेपछि उनै गङ्गा र जमुनाको सम्झनामा हरेक वर्ष गङ्गाजमुना माइको मेला सुरु भएको किम्बदन्ती छ ।

गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । तस्बिर ई संचारपाती 

बिहीबार ७ मंसिर २०८० ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया