×

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री

images

नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताउनुभएको छ । कांग्रेसको यही साउन २ गतेदखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले आफ्ना धारणा राख्दै सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो ।   

विपक्षमा रहेका दल सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएको टिप्पणी गर्दै नेता साउदले भन्नुभयो, “सेना जस्तो संस्थामा केही पार्टीले आक्रमण गरिरहेका छन् । मुलुकको असंलग्न परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गर्ने काम भइरहेको छ ।” प्रमुख सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँड्न आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

आइतबार​ ७ साउन २०८० ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया